सन्तोषनारायणलाई अर्थसमितिमा प्रश्नै प्रश्न
नेपाल धितोपत्र बोर्डका विवादित अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई सांसदहरूले प्रश्नै प्रश्न राखेर र्याखर्याखती पारेका छन्। जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्काशन (आईपीओ) स्वीकृतिमा कमिसन मागेको आरोप लागेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान राडारमा परेका अध्यक्ष श्रेष्ठलाई आज बिहीबार अर्थ समितिमा सांसदहरूले एकपछि अर्को गरी प्रश्न सोधेका हुन्। सांसदहरूले श्रेष्ठलाई स्वार्थसमूहबाट परिचालित भएको, बजार नियामक भएर आफैँ खेलाडी […]