सत्तापक्ष प्रतिपक्ष सहमति नहुँदा आज पनि चलेन संसद् बैठक
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध हुँदै आएको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समिति बनाउनुपर्ने मागसहित प्रतिपक्षी दलहरूले आज बिहीबारसम्म आइपुग्दा १० दिन लगातार संसद् अवरुद्ध गरेका छन् । बिहीबार दिउँसो ३ बजेका लागि […]