हिलोमा नपसेसम्म देशको विकास नहुने कृषिमन्त्री अधिकारीको दाबी
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने दाबी गर्नुभएको छ । आज आइतबार २२औं राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हिलोबाट तर्किएर देश नबन्नेमा जोड दिनुभएको हो । ‘अहिले हामी जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिंड्छौँ,’ उहाँले भन्नुभयो, ‘सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको […]