रामकुमारीको अभिव्यक्तिप्रति कार्यकर्ताहरुको आक्रोश
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको पछिल्लो अभिव्यक्तिले सो पार्टीका नेता तथा कार्यकर्ताबीच तरंग ल्याएको छ । पार्टी निकट युवा संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा उनले अध्यक्ष माधवकुमार नेपाललक्षित चर्को धारणा राख्नुभएको हो । ‘काँधमा सिनो हालेर अघि बढ्न नसकिने’ भन्ने झाँक्रीको अभिव्यक्तिले धेरैलाई झस्काएको छ । अर्ली महाधिवेशनबाट पार्टी पुनर्गठन नगरिए […]