पोखरामा माइक्रोबस दुर्घटना : २३ जना घाइते
पोखरा–१३ आर्वास्थित मडकेल्नाको ओरालोमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग१ख ४०२७ नम्बरको बस मडकेल्नामा दुर्घटनाग्रस्त हुँदा चालकसहित २३ जना घाइते भएका हुन्। स्थानीय रबि बरालका अनुसार यात्रु लिएर काहुँखोलातर्फ आउँदै गरेको बस मडकेल्नाको ओरालोमा सडकको दायाँतर्फको भित्तामा ठोकिएको थिए। घाइते सबैलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान […]