विशिष्ट व्यक्तिका विद्यालयमा विभागको निगरानी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बहालवाला मन्त्री, निवर्तमान राज्यमन्त्री, कविलगायत विशिष्ट व्यक्तिका विद्यालयमाथि छानबिन अगाडि बढाएको छ । विभागले बद्मासी गरेका २८ शैक्षिक संस्थाका प्रतिनिधिलाई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । मनोमानी शुल्क लिएको, विविध शीर्षकमा अनावश्यक शुल्क असुलेको गुनासो आएपछि विभागले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकामा सञ्चालित निजी विद्यालयमा […]