हेक्का रहोस् ! तपाईंहरुका कारण एन्फा बनेको होइन
अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वले एकपछि अर्को आत्मघाती कदम चालिरहेको छ। उसका अधिकांश निर्णय विवादमा पर्ने गरेका छन् । एन्फा केन्द्रीय कार्यसमितिको निर्णय प्रक्रिया हेर्दा लाग्छ देशको सबैभन्दा लोकप्रिय खेल मध्येको एकको संघ उनीहरुको निजी सम्पत्ति हो । र त्यसमा उनीहरूकै मात्र तजबिज हुनेछ । पारदर्शीता , जवाफदेहिता, लोकलाज एन्फा नेतृत्वमा एक रत्ति […]