सर्वोच्च अदालत : रविविरुद्ध मुद्दा दायर भएपछि फेला परेका प्रमाण झिकाउन आदेश
सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि फेला परेका प्रमाण झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ। आइतबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले फेला परेका प्रमाण झिकाउन आदेश दिएको हो। सर्वोच्चको आदेशमा भनिएको छ, ‘अभियोगपत्र संशोधन सम्बन्धमा फेला परेका थप सक्कल प्रमाण कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात […]