२५ वर्ष पत्रकारिता-राम अशिष यादव मधेश प्रदेश सभाको सभामुख चयन
मधेश प्रदेश सभाको सभामुखमा जसपा नेपालका राम अशिष यादव चयन भएका छन् । पत्रकार महासंघ धनुषाको एक कार्यकाल अध्यक्षसमेत बनेका ५६ वर्षीय यादवसँग विगतमा अढाई दशक पत्रकारिता गरेको अनुभव छ। सभामुख चयनका लागि आज आईतबार मधेश प्रदेश सभाको बेठकमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै जसपा नेपालका प्रमुख सचेतक सांसद राम अशिष यादव निर्वाचित भएका छन् […]