पोल्याण्डका प्रोग्रामर प्रजेमिस्लाभ सर्वोकृष्ट
पोल्याण्डका प्रोग्रामर प्रजेमिस्लाभ “साइहो” डेबियाकले एटकोडर वर्ल्ड फाइनल्स ह्युरिस्टिक प्रतियोगितामा ओपनएआईको कस्टम–बिल्ट कृत्रिम बुद्धिमत्तालाई पराजित गरेका छन्। टोक्योमा भएको विश्वको सबैभन्दा कठिन कोडिङ इभेन्टहरू मध्ये एक मानिएको यसमा उनले धेरैले असम्भव ठानेको काम गरेको बताइएको छ। १० घण्टासम्म चलेको उक्त टकरावमा पोलिश प्रोग्रामर “साइहो” डेबियाक ओपनएआईको कोडिङ एजेन्टलाई हराउने एक मात्र सफल व्यक्ति बनेका छन्। […]