नयाँ शक्ति मिलेर जाने ऊर्जामन्त्रीको स्पष्टोक्ती
ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिबाट पछि हट्ने सोचमा नभएको र आगामी प्रतिनिधि सभा निर्वाचनमा नयाँ शक्ति मिलेर अघि बढ्ने स्पष्ट पारेका छन्। आज बुधबार १ सय दिनको काम सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म मन्त्रीका रूपमा आएपछि राजनीतिक हिसाबले पनि इन्ट्री गरेको हुँ। मन्त्रीको हैसियतले जिम्मेवारी बहन गर्दै […]