बानेश्वर-मिनभवन सडक सफाई अभियानमा युवा
केही युवाहरुले अहिले काठमाडौंका सडक सफा गरिरहेका छन् । आन्दोलन, तोडफोड र आगजनीको क्रममा भएको फोहोर सफा गर्न युवाहरु खटिएका हुन् । उनीहरुले अहिले मीनभवन, बानेश्वर सडकखण्डमा सफाइ गरिरहेका छन् । सडक र सडक किनारमा छरिएका प्लास्टिक, कागज, पानीका बोतल लगायतका फोहोर उनीहरु उठाइरहेका छन् । सडकमा जलाइएका जलेका मोटरसाइकल, टायरहरु पनि उनीहरुले पन्छाइरहेका छन् […]