तीज मनाउने क्रममा देखिएका भड्किलोपन र खर्चिलोपन चिन्ताको विषय : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विवाहपश्चात् महिलाले जन्मघर छोडेर कर्मघरमा जीवन बिताउँदा उत्पन्न हुने भावनात्मक दूरीलाई कम गर्ने अवसरका रूपमा पनि तीजलाइ लिइने बताएकी छिन् । मंगलबार तीज पर्वको अवसरमा शुभकामना दिँदै उनले तीज पर्वले चेली र माइती बीचको आत्मीयता, परिवार र साथी–सङ्गी बीचको न्यानो सम्बन्ध तथा समाजभित्रको भावनात्मक एकतालाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताईन् […]