नख्खु कारागार घटनाबारे छानबिन समिति बनाउने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १४ र १५ गते केन्द्रीय विस्तारित बैठक गर्ने निर्णय गरेको छ । मंगबार र बुधबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका मौखिक तथा लिखित प्रस्तावमाथि व्यापक छलफल गर्दै भदौ २४ गते नख्खु कारागारलगायतका स्थानमा भएका घटनामा पार्टी सदस्यहरूको संलग्नता रहे–नरहेकोबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरिएको […]