एमालेको दोस्रो विधान महाधिवेशन भाद्र २० देखि गोदावरीमा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन भाद्र २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । ऐतिहासिक रूपमा लिइएको यो अधिवेशन पार्टीको सांगठानिक सुदृढीकरण र भावी कार्यदिशा निर्धारणमा केन्द्रित हुनेछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको समुद्घाटन ११ बजे विशेष समारोहबीच गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ […]