घटस्थापनादेखि असोज २२ सम्म यातायात रुट परमिट खुला
घटस्थापना असोज ६ गतेदेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो। बैठकले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम […]