माधव नेपालको पक्षमा बहस् गर्ने वकिलको लस्कर अदालत अन्योलमा !
भ्रष्टाचार प्रकरणको बयानका लागि विशेष अदालत पुगेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पक्षमा बहस गर्न दश दर्जन अर्थात् १२० जना कानुन व्यावसायी वकिल नाम लेखाउन पुगेका छन् । १२० जना वकिलहरूले नाम टिपाए पनि केही कानुन व्यवसायीले मात्र बहस गर्नेछन् । पतञ्जलि नेपाल जग्गा प्रकरणमा नाम मुछिएका माधव नेपालको सांसद पद समेत निलम्बनमा परेको थियो ।