सर्लाहीमा वैदेशिक रोजगारीका नाममा ठगिएको १२ लाख रुपैयाँ प्रशासनको पहलमा फिर्ता
वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने आश्वासन दिएर ठगी गरिएको १२ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा पीडितहरूले फिर्ता पाएका छन् । ईश्वरपुर नगरपालिका–१ का राजेन्द्र महतोका छोरा राकेश महतो (नथुनी महतो)ले मौरिससमा वैदेशिक रोजगारी लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएका थिए । रकम बुझाएको लामो समय बितिसक्दा पनि उनले न रोजगारीका लागि विदेश पठाए, […]