गृहमन्त्रीले राजिनामा नदिने, संसद बैठक अझै शुरु भएन
१ बजे बस्ने गरी सूचना टाँसेर सारिएको प्रतिनिधिसभा (संसद)को आजको बैठक अझै सुरु भएको छैन । सभामुखले राखेको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकहरूको बैठक निष्कर्षहीन भएपछि आजको संसद् बैठक पनि अनिश्चित बनेको हो । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू आफ्ना अडानमा कायमै छन् । […]