अञ्जुका श्रीमान्विरुद्ध पक्राउ पुर्जी
नागरिकता नपाउँदा बाबु-छोरीले ज्यान गुमाउनुपरेको बर्दियाको लगायत घटनाको छानबिनका लागि गठन भएको समितिले बुधबार घटनास्थलमै पुगेर यथार्थ विवरण संकलन गरेको छ। सो क्रममा मृतक अञ्जु थारुको मृत्यु दर्ता र ७ वर्षीया छोरी अनिता थारुको जन्म दर्ता स्थानीय वडा कार्यालयमै सम्पन्न गरिएको छ। समिति सदस्य तथा गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्यालका अनुसार घटनाको मूल समस्या जन्म […]