पढ्नु महत्वपूर्ण, के पढ्ने महत्वपूर्ण होइन । जानेर पढ्नु महत्वपूर्ण होइन, नजाने पढ्नु महत्वपूर्ण कुरा हो । धेरै पढ्नु महत्वपूर्ण कुरा होइन, पढेको कुरालाई मनन गर्नसक्नु महत्वपूर्ण कुरा हो ।
पढेको कुरा सम्झिबस्नु महत्वपूर्ण कुरा होइन, त्यसलाई अन्तर्यमा विश्लेषण गर्नु महत्वपूर्ण कुरा हो । पढाइले मानिसलाई ज्ञानी मात्र बनाउँदैन, आग्रही पनि बनाउँछ । किताब छानेर पढ्नेहरूले किताब भन्दा पहिले चेतन-अचेतनमा आग्रह छानिसकेका हुन्छन् ।
पढेकाले आफ्नो चासोका पुस्तक रोज्छन् । धनी बन्न चाहने, साहित्यकार बन्न चाहने, दार्शनिक बन्न चाहने, वैज्ञानिक बन्न चाहने, व्यवसायी बन्न चाहने मानिसका पुस्तक चयन फरक हुन्छन् । पुस्तक पढ्नुको अर्थ ‘केही बन्नका लागि’ कि स्वयं आलोकित हुनका लागि ? प्रश्न गम्भीर छ ।

त्यसैले दिन प्रतिदिनको जानकारी र नयाँ खबर थाहा पाउन प्रधानमन्त्री के.पी. शर्मा ओलीले दिन एक पटक दिउँसो साइत नपरे राती भएपनि पुस्तक पढ्ने बानी छ ।
मनोचिकित्सक हर्मन इबिङ्घसका अनुसार, कुनै पनि विषय पढेको २० मिनेटमै हामी ४२ प्रतिशत बिर्सन्छौं । २४ घण्टामा ६६ प्रतिशत, ७ दिनमा ७५ प्रतिशत र एक महिनामा करिब ८० प्रतिशत बिर्सन्छौं ।
डोनाल्ड आर बेकन र किम ए स्टिवार्टको अर्को एक अध्ययनले भन्छ– विद्यार्थीले पाठ्यक्रममा पढेका अधिकांश विषय दुई हप्तादेखि दुई वर्षसम्ममा बिर्सिन्छन् । धेरै विद्यार्थीमा ‘म पढेको विषय सम्झिनै सक्दिनँ’ भन्ने हीनताबोध हुनेगर्छ । तर, हामीले विद्यार्थीलाई यो बुझाउन सकिरहेका छैनौं कि ‘बिर्सनु एक प्राकृतिक विषय हो ।’
त्यसैले नबिर्सनका लागि पनि प्रधानमन्त्री ओली प्रत्येक दिन राति भएपनि पढ्ने् गर्नुहुन्छ ।