झन्डै १३ खर्ब पुग्यो देशको बेरुजु

देशको बेरुजु झन्डै १३ खर्ब रुपैयाँ पुगेको छ। महालेखापरीक्षक कार्यालयका अनुसार गत आर्थिक वर्ष ०८०/८१ सम्ममा देशको कुल बेरुजु १२ खर्ब ८४ अर्ब २० करोड ८७ लाख रुपैयाँ पुगेको हो।

देशभरका सरकारी कार्यालयहरूको लेखापरीक्षण गर्ने संवैधानिक अंग महालेखाले गत वर्षको लेखापरीक्षण सम्पन्न गरेको छ। लेखापरीक्षणको ६२औँ प्रतिवेदन महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गरे। लेखापरीक्षण प्रतिवेदनले राज्यकोष सञ्चालनको बेथिति औँल्याएको छ।