समाजवादी प्रेस संगठनको सचिवालय, कार्यालय र विभाग गठन

समाजवादी प्रेस संगठन नेपालले सचिवालय कमिटीलाई पूर्णता दिनुका साथै केन्द्रीय कार्यालय र केन्द्रीय विभाग गठन गरेको छ। संगठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा बुधबार अनामनगरमा बसेको सचिवालयको प्रथम बैठकले १७ सदस्यीय कार्यालय गठन गरेको हो।

कार्यालयमा अध्यक्ष शम्भु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष नवराज छत्कुली, उपाध्यक्षहरू अस्मिता गिरी, बुद्धवीर बाहिङ राई, सुभाषप्रसाद साह, ध्रुव रायमाझी, कृष्णराज गौतम र गोविन्द्र चौलागाई, महासचिव रोहित दाहाल, उपमहासचिवहरू प्रेम गौतम, लेखनाथ सिकारू र प्रतीज्ञा मगर, सचिवहरू अनिल शाही, पूर्ण कार्की (बद्री), कान्ति न्यौपाने  र प्रदीप नेपाली तथा कोषाध्यक्ष भरतराज पोखरेल रहेका छन्। अनुशासन आयोग अध्यक्ष भूपराज खड्का र लेखा आयोग अध्यक्ष मदन ठाकूर पदेन कार्यालय सदस्य रहेका छन्।

बैठकले ९ वटा विभागसमेत गठन गरेको छ। जसमा नीति तथा योजना विभाग प्रमुखमा वरिष्ठ उपाध्यक्ष नवराज छत्कुली, महिला विभाग प्रमुखमा उपाध्यक्ष अस्मिता गिरी, समावेशी विभाग प्रमुखमा उपाध्यक्ष बुद्धवीर बाहिङ राई, संगठन विभाग प्रमुखमा महासचिव रोहित दाहाल, प्रशिक्षण विभाग प्रमुखमा उपमहासचिव प्रेम गौतम र प्रकाशन विभाग प्रमुखमा उपमहासचिव लेखनाथ सिकारु रहेका छन्।

यस्तै, न्यूमिडिया तथा मोफसल विभाग प्रमुखमा सचिव अनिल शाही, विदेश विभाग प्रमुखमा सचिव कान्ति न्यौपाने र आर्थिक विभाग प्रमुखमा भरतराज पोखरेललाई जिम्मेवारी दिइएको छ। विभाग प्रमुखहरूले आवश्यक सल्लाह गरेर केन्द्रीय कार्यालयमा नाम प्रस्ताव गरेपछि विभागले पूर्णता पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

यस्तै, भूगोलबाट निर्वाचित केन्द्रीय उपाध्यक्षहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ। कोशीमा उपाध्यक्ष तीर्थ सिग्देल, मधेसमा उपाध्यक्ष सुभाषप्रसाद साह, बागमतीमा उपाध्यक्ष ध्रुव रायमाझी, उपत्यकामा उपाध्यक्ष कृष्णराज गौतम, प्रतिष्ठानमा उपाध्यक्ष गोविन्द्र चौलागाई, गण्डकीमा उपाध्यक्ष श्रीराम सिग्देल, लुम्बिनीमा उपाध्यक्ष हृदय भूसाल, कर्णालीमा उपाध्यक्ष अनन्त बराल र सुदूरपश्चिममा उपाध्यक्ष नरेन्द्र भट्टलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ। प्रदेश सहइन्चार्ज र केन्द्रीय सदस्य मनोनयन र बाँकी सदस्यहरूको कार्यविभाजनको जिम्मा सचिवालय बैठकले कार्यालयलाई दिएको छ।

बैठकले सचिवालय कमिटीलाई समेत पूर्णता दिएको छ। सचिवालयमा शम्भु श्रेष्ठ, नवराज छत्कुली, अस्मिता गिरी, बुद्धवीर बाहिङ राई, तीर्थ सिग्देल, सुभाषप्रसाद साह, ध्रुव रायमाझी, कृष्णराज गौतम, गोविन्द्र चौलागाई, श्रीराम सिग्देल, हृदय भूसाल, अनन्त बराल, नरेन्द्र भट्ट, रोहित दाहाल, प्रेम गौतम, लेखनाथ सिकारू, प्रतीज्ञा मगर, अनिल शाही, शिव ढुंगाना, पूर्ण कार्की (बद्री), बृजलाल पासवान, कान्ति न्यौपाने, प्रदीप नेपाली, भरतराज पोखरेल, भूपराज खड्का, मदन ठाकुर, टंक पन्त, प्रकाश खतिवडा, राजेन्द्र कुँवर, आनन्द श्रेष्ठ र उत्तरसिंह विष्ट रहेका छन्।