कलाकार दिपकराज गिरीको महानायक राजेश हमाललाई सम्झना

कलाकार दिपकराज गिरीको महानायक राजेश हमाललाई सम्झना

चलचित्रहरूलाई धेरै पटक शुभकामना दिइएको छ, तर आजको शुभकामना केही फरक छ। कलाकार दिपकराज गिरीले सामाजिक सञ्जालबाट महानायक राजेश हमाललाई सम्झदै प्रशंसा गर्नुभएको छ ।

उहाँ लेख्नुहुन्छ, हुनत, केवल फोटो राखेर “शुभकामना” भनेर लेख्न पनि सकिन्थ्यो। तर मनले मानेन। त्यसैले केही शब्दहरू कोर्दैछु।
मैले ठूलो पर्दाको कलाकारका रूपमा अभिनय गरेको पहिलो फिल्म “चोर” थियो, जसमा म महानायक राजेश हमालज्यू सँगै पर्दामा देखिने सौभाग्य पाएको थिएँ। त्यसपछि पहिलो पटक फिल्म निर्माण गर्ने मौका पनि पाएँ – “छ एकान छ”। यसमा पनि राजेश दाइले अभिनय गरेर हाम्रो टोलीलाई ठूलो साथ र सम्मान दिनुभयो। चलचित्रले सफलता प्राप्त गर्दा दाइ स्वयं हलमा आएर बधाई दिँदै साथ दिनुभएको थियो।

त्यसपछि देश–विदेशमा थुप्रै स्टेज कार्यक्रमहरूमा सँगै सहभागी भइयो, लामो समय गफ गरेर रमाइलो गरियो – त्यो सब हिजोजस्तै लाग्छ।

तर पछिल्लो समयमा परिस्थिती अलिकति फरक भइदियो।

चार वर्षअगाडिको त्यो समय सम्झन्छु – जब कोभिडको महामारी चलिरहेको थियो। त्यो बेला मेरो एक सहकर्मीले उहाँप्रति समाजले अभिभावकत्व खोजिरहेको छ भन्ने आशयमा अभिव्यक्ति दिएका थिए।

तर दुर्भाग्यवश, त्यो सन्देशलाई संजालले यस्तो ढंगले ट्विस्ट गर्‍यो कि मानौं हामी उहाँले पाएको सम्मान वा दर्जाप्रति नै आपत्ति जनाइरहेका छौं। यो कुरा आफैंमा अत्यन्तै उदेक लाग्दो, अपत्यारिलो र असहज थियो।