अरुणकुमार प्रधान चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्वाचित
चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन् । आज मंगलबार सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार प्रधानले आफ्ना प्रतिद्वन्द्वी जनकदीप पराजुलीलाई भारी मतले पछि पारे । कुल १५९ मत खसेको निर्वाचनमा प्रधानले १०९ मत प्राप्त गरे भने पराजुलीले ४६ मत मात्र पाए । दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली निर्वाचित भएका छन् […]