चीन र हङकङबाट अमेरिका पुगेका विद्यार्थीहरूको भिसा गहन रूपमा छानबिन गर्ने

अमेरिकाले चीन र हङकङबाट आएका विद्यार्थीहरूको भिसा गहन रूपमा छानबिन गर्ने भएको छ।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गरी उक्त जानकारी दिनुभएको हो ।

उहाँले विज्ञप्तिमा भन्नुभएको छ,यो कदमले चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध राख्नेहरूको पहिचान हुनेछ।

उहाका अनुसार भिसा सर्त पनि परिमार्जन गरिनेछ ताकि भविष्यमा चीन र हङकङका भिसा आवेदकहरूको छानबिनलाई अझ कडा बनाउन सकियोस्।

हालैका महिनामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वात्तै बढाएको भन्सार शुल्कका कारण चीन र अमेरिकाबीच तिक्तता बढेको छ।