सरकारले इन्डोर र आउटडोर चलचित्र छायांकन स्टुडियो निर्माणको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले फिल्म स्टुडियो बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताउनुभएको हो ।
‘नेपाली मौलिक कला, संस्कृतिको प्रवर्द्वन र स्वदेशी विदेशी चलचित्रको छायाँकनलाई सहज बनाउन इन्डोर तथा आउटडोर स्टुडियो निर्माणका लागि नीजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ’ अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो ।