सरकारले आगामी आर्थिक वर्षभित्र काठमाडौं उपत्यकासहित ठुला सहरमा फाइभ–जी सेवा सुरुवात गर्ने जनाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२–८३ को बजेटमा सो विषय उल्लेख गरिएको छ ।
सरकारले नेपाल दूर सञ्चार प्राधिकरणको पुनरसंरचना गर्ने जनाएको छ । “सूचना प्रविधिको पहुँच बृद्धि गरी डिजिटल डिभाइड न्यूनीकरण गरिनेछ” बजेटमा उल्लेख छ । त्यस्तै ब्रोडव्याण्ड सेवाको पनि विस्तार गर्ने नीति सरकारले लिएको छ ।
सरकारले सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच कायम गर्ने जनाएको छ । बजेटमा भनिएको छ, “प्रेस स्वतन्त्रताको सम्बर्धन गरी पारदर्शीता र जवाफदेहिता अभिबृद्धि गरिनेछ । नागरिकको वयक्तिक स्वतन्त्रता र गोपनीयताको हकको रक्षा गरिने छ ।”