सभामुख देवराज घिमिरेले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग आगामी दिनमा संसदीय अभ्यासलाई थप चुस्त र व्यवस्थित गर्नेबारे छलफल गनुभएको छ ।
घिमिरेलेसदनलाई नियमित रूपमा सञ्चालन गर्ने वातावरण मिलाउन प्रमुख सचेतकहरूलाई आग्रह गर्नुभयो ।
सिंहदरबारस्थित संसद् सचिवालयमा भएको छलफलमा संसद्को आगामी बैठकको कार्यसूचीका विषयमा प्रमुख सचेतकले आफ्नो धारणा प्रस्तुत गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका श्यामकुमार घिमिरेले यही जेठ २० गतेदेखि बस्ने बैठकको क्यालेन्डर बनाउने विषयमा केन्द्रित रही छलफल भएको प्रतिक्रिया दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले सभामुखले सदनको आगामी बैठकका लागि कार्यतालिका निर्माण तयारी सम्बन्धमा रायसुझाव दिएको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संसदमा प्रस्तुत बजेट र विनियोजन विधेयक विधेयकमाथिको छलफललाई क्यालेन्डर बनाएर अघि बढाउने विषयमा कुराकानी भएकोले देशमा भ्रष्टाचार र बेथितिका विषय बाहिर आउँदा सरकारले त्यसलाई रोक्न छानबिन गर्नु जरुरी छ। गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन भएपछि मात्र सदन सञ्चालन चल्न दिने उल्लेख गर्नुभयो ।