बिआरआई नेपाल र चीन सम्बन्धमा कोशेढुंगा : पूर्वराष्ट्रपति भण्डारी

एकसाता लामो चीन भ्रमणका क्रममा जानुभएको पूर्वराष्ट्रपति भण्डारीले बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआई नेपाल र चीन सम्बन्धमा एउटा कोशेढुंगाको रूपमा रहेको बताउनुभएको छ ।

चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघ र गान्सु प्रान्त सरकारले शुक्रबार संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले सम्पर्क र आर्थिक सहयोगलाई प्रवर्द्धन गरेर प्राचीन सिल्क रोडलाई पुनर्जीवित, विस्तार गर्ने लक्ष्य राखेको समेत बताउनुभएको छ ।