सरकारले निकाल्यो निषेधाज्ञाको सूचना

राप्रपाको आन्दोलनमा सरकारको निषेधाज्ञा

लामो समयदेखि राजा र राष्ट्रबाद सहितका मुद्दा निकाली राष्ट्रवादी शक्ति नाम लिई आन्दोलनरत व्यक्तिहरूलाई सरकारले विभिन्न स्थानबाट पक्रन थालेको चित्रहरू दिनानुदिन बढ्न थालेपछि उनीहरूले काठमाण्डौ उपत्यकाभर आन्दोलन गर्ने घोषणा गरेका छन् ।

आईतबार कमल थापा लगायत राप्रपाका नेता सांसद सरकारले पक्रेपछि आक्रामक हुँदै राप्रपाले यस्तो घोषणा गरेको हो ।
उपत्यकाका केही स्थान बाहेक सबैतिर आन्दोलनको घोषणापछि सरकारले आन्दोलन गर्न मिल्ने भनी विगतमा सूचनानै प्रकाशन गरेका स्थानहरूमा दुई महिनाका लागि निषेधाज्ञा गर्ने सूचना सार्वजनिक गरेको हो ।