भर्नु भयो त आइपिओ ? भोलि अन्तिम दिन !

ट्रेड टावर लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । जेठ १९ गतेसम्म आईपीओ बिक्री खुला गरेकोमा जेठ १८ गते सार्वजनिक विदा परेकोले आईपीओमा आवेदन दिने म्याद एक दिन थप गरेको हो ।

यसैले आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले जेठ १४ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई ३२ लाख ९६ हजार ५ सय ५ दशमलव १९ कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा सर्वसाधारणले जेठ २० गतेसम्म आवेदन दिन सक्ने छन् । न्युनतम १० कित्ता र अधिकतम १०० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियोे । कम्पनीले कुल ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले जारी पुँजीको ४८।६९६ प्रतिशत शेयर आईपीओको रुपमा निष्काशन गर्न लागेको हो। लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।