पठाओ र इन्ड्राइभलाई मान्यता दिएर यातायात व्यवसायीलाई पिडा दिएको लगायत विभिन्न माग राख्दै यातायात व्यवसायीले आन्दोलन शुरु गरेका छन् ।
सार्वजनिक यातायात बन्द गर्दै सर्वसाधारणलाई पिडा दिएका छन् ।
यस्तो बलामा नेपालमा सञ्चालित अनलाइन राइड सेयरिङ कम्पनीहरूले यातायात व्यवसायीहरूले गरेको आन्दोलनलाई लक्षित गरेर भाडादर नबढाएको दाबी गरेका छन् ।
राइड सेयरिङ कम्पनीहरू ‘पठाओ’ र इन्ड्राइभले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै भाडा बढाएको हल्लामा सत्यता नभएको बताएका हुन् ।
‘हामीले नियमित शुल्क मात्रै लिएको छौं, तसर्थ पठाओ एपमा कुनै पनि शुल्क वृद्धि छैन,’ पठाओले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘बरु यात्रुहरूलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न हामीले राइडरहरूलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर राइडरहरूलाई धेरै राइड गर्न प्रोत्साहन गरिरहेका छौं ।’
पठाओले अफलाइन यात्रा नगर्न समेत यात्रुहरूलाई आग्रह गरेको छ ।