मर्जर प्रक्रियामा रहेका दुई प्रमुख डिजिटल वालेट आइएमई पे र खल्तीले एकअर्काबिच सहकार्य विस्तार गर्दै नयाँ सुविधा सुरु गरेका छन् ।
यसअन्तर्गत अब विदेशबाट आइएमई मार्फत पठाइएको रकम सिधै खल्ती वालेटमा प्राप्त गर्न सकिने भएको छ ।
यो सुविधा सुरु भएसँगै प्रयोगकर्तालाई रकम झिक्न एजेन्ट वा बैंक धाउनुपर्ने झन्झट हट्ने विश्वास गरिएको छ । खल्ती वालेटमा केवाईसी प्रक्रिया पूरा गरेका प्रयोगकर्ताले यो सेवा लिन सक्ने खल्तीले जनाएको छ ।