“नेकपा एमालेको झोलामा के छ”

“नेकपा एमालेको झोलामा के छ” तपसिलका चिजहरू भएको झोला बोक्दा गौरव गरौँ यस्तो एमाले र के पी ओलीको झोले हुन पाउँदा शान नै हुन्छ।

१— माक्र्सवादी दर्शन,
समाज परिवर्तनको वैचारिक नक्सा।

२— लेनिनवादी संगठन,
कठोर अनुशासन र केन्द्रित नेतृत्वको बुनियाद।

३— जबजको लोकतान्त्रिक विधि,
परिवर्तनका लागि जनताको सहभागिता र प्रक्रियाको सम्मान।

४— द्वन्द्वात्मक भौतिकवाद र वर्गसंघर्षको चेतना,
समाजमा विद्यमान अन्यायविरुद्धको वैज्ञानिक दृष्टिकोण।

५— इतिहासको गौरवशाली विरासत,
शोषणविरुद्धको संघर्ष, जेल, गोली र बलिदानको कथा।

६— पुष्पलाल, मदन र मनमोहनको मार्गदर्शन,
सिद्धान्त र व्यवहारको बीच सन्तुलन गर्ने नेतृत्वको प्रेरणा।

७— निडर, अडिग र दूरदृष्टि सम्पन्न नेतृत्व,
जो चुनौतीको सामना गर्न डराउँदैन, पछि हट्दैन।

८— जुझारु, प्रतिबद्ध र अनुशासित कार्यकर्ताको पंक्ति,
जो राजनीति केवल पदको लागि होइन, परिवर्तनको लागि गर्छ।

९— लाखौं जनताको साथ, विश्वास र माया,
जो चुनाव जिताउँछ मात्र होइन, आन्दोलन पनि उचाल्छ।

१०— देशप्रेमको बलियो अठोट,
राष्ट्रियता, स्वाभिमान र सार्वभौमिकताको रक्षा गर्ने प्रतिबद्धता।

१० — समृद्धि र विकासको स्पष्ट दृष्टिकोण,
आधारभूत संरचना, उत्पादनशील अर्थतन्त्र र सामाजिक न्यायको सपना।

११— ‘समृद्ध नेपाल, सुखी नेपाली’ को यथार्थपरक मिसन,
बोलीकै होइन, कर्मकै बाटोबाट पूरा गर्ने दृढता।
थ्यग कभलत
क्भलत