कलाकार तथा रंगकर्मी घनश्याम गौतमको निधन भएको छ।
टेलिशृङ्खला र प्रहसनहरूमा नक्कली प्रचण्ड बनेर अभिनय गरेर चर्चित हुनुभएका गौतमको गए राति निधन भएको चलचित्र पत्रकार संघले जनाएको छ ।
कलाकार गौतम विगत दुई वर्षदेखि पेटको क्यान्सरबाट पीडित हुनुहुथ्यो। भक्तपुरस्थित काठमाडौँ क्यान्सर अस्तालमा उपचारकै क्रममा गौतमको निधन भएको हो।
४३ वर्षीय गौतमले मेरी बास्सै टेली टेलिशृंखलामासमेत अभिनय गर्नुभएको थियो । सडक नाटक, रेडियो नाटक, कचहरीमा सक्रिय उहाँले विभिन्न स्कुलहरूमा पनि अभिनय सिकाउनुहुन्थ्यो ।
उहाँको आज मंगलबार बिहान पशुपती आर्यघाटमा अन्त्यष्ठि गर्ने तयारी छ।