काभ्रेपलाञ्चोकमा सार्वजनिक सम्पति बेचेको आरोपमा एक जना वडाध्यक्ष पक्राउ परेका छन् । रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोककुमार गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत असोजमा आएको बाढीले कटुन्जेवेशी र कालिन्चोक जोड्ने झोलुङ्गे पुल बगाएको थियो । गएराति उक्त पुलको सामान, फलाम कवाडीले धमाधम दुई वटा ट्रकमा लोड गरिरहेको देखेपछि स्थानीयले प्रहरी र गाउँपालिका अध्यक्ष दिनेश लामालाई खबर गरेको बताइन्छ ।
लगत्तै प्रहरीले खोलामा पुगेर ट्रक र कवाड व्यवसायीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।