गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको बताउनुभएको छ ।
मरुभूमीकरण रोक्न समयमै पहल गर्न र चुरे क्षेत्र संरक्षण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
भक्तपरको एतिहासिक दरबारस्क्वायर परिसरमा सम्पन्न ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा पूर्वराष्ट्रपति यादवले मरुभूमीकरण रोक्न समयमै पहल नभए तथा चुरे क्षेत्रलाई समयमै संरक्षण गर्न नसके तराई–मधेशको जनजीवन अझै संकटग्रस्त बन्ने उल्लेख गर्नुभयो ।