हाम्रो लागि केवल एकजना पात्र जो हाल गृहमन्त्री हुनुहुन्छ उहाँ मात्र महत्वपूर्ण होइन, हाम्रो लागि यो प्रकरणमा छानबिनमा परेको एउटा कर्मचारी तीर्थ भट्टराई पनि महत्वपूर्ण होइन।
हाम्रो लागि महत्वपूर्ण कुरा के हो भने यो समस्याको समाधान होस् र भोलिदेखि कोही नेपाली वैदेशिक रोजगारी जाने क्रममा नठगियोस्, नलुटियोस्, बाकसमा आउन नपरोस् र बलात्कृत हुन नपरोस भन्ने हो। अहिलेको प्रमुख समस्या वैदेशिक रोजगारीको लागि जाने नागरिक अध्यागमनमा ठगिन र लुटिन वा जोखिममा पर्न बाध्य छ, त्यो हो।
यसमा मेरो दाइ पर्छ भने उहाँ पनि सजाएको भागीदार हुनुपर्छ हाम्रो पार्टीको कुनै सदस्य छ भने उसलाई बचाउनतिर पनि हामी लाग्ने छैनौं तर यो समस्या समाधानको एउटा महत्त्वपूर्ण प्रस्थान बिन्दु हुन सक्छ यो यसमा मेरो मान्छे र तेरो मान्छे भन्ने बौद्धिक दरिद्रता त्यागेर देशमा रहेको एउटा समस्या समाधान गर्नतिर लागौं भन्ने अनुरोध गर्न चाहन्छौं।
गृह मन्त्रालयमा रहेको पात्र प्रति राजनीतिक पूर्वाग्रह पनि होइन र केही पैसा लुटिरहेको कर्मचारीको अनुहार नमनपरेको पनि होइन।हाम्रो लागि महत्वपूर्ण मुद्दा यो विकराल समस्या हो। मिलेर समाधान गरौ।
बैदेशिक रोजगारी ऐन २०६४ आए पश्चात यो समस्या आएको हो। त्यसपश्चात गृहमन्त्रालयको जिम्मेवारीमा रहेका सबैको कार्यकालको छानबिन होस। एउटा संवैधानिक आयोगको दायराले सबैलाई छुन सक्दैन तसर्थ यो मुद्दा केन्द्रित छानबिन विशेष समिति रआयोग बन्नुपर्छ।
(मानिस झा राष्ट्रिय स्वतन्त्र पार्टी – रास्वापाका सासद हुन )