अर्थ मन्त्री र अमेरिकाका राजदूत थम्पसनबीच भेट

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले आज जेठ २० गते मंगलबार भेटवार्ता गर्नुभएको छ ।

राजदूत थम्पसनले मन्त्री पौडेलसँग सिंहदरबारस्थित अर्थमन्त्रालयमा भेटवार्ता गर्नुभएको हो ।

यसैबीच आजै नेपालका लागि उरुग्वेका गैरआवासीय राजदूत अल्बट्रोए गुआनीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कासँग भेट गर्नुभएको छ ।

मन्त्री खड्कासँग मन्त्रालय पुगेर करिब आधा घण्टासम्म कुराकानी भएको हो । दुबै भेटवार्तामा भएको विषयबारे पनि जानकारी दिइएको छैन ।