विश्वकप लिग २ – नेपाल र नेदरल्यान्ड्सको भिडन्त

स्कटल्याण्ड भ्रमणमा रहेको नेपालले आज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप लिग२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ।

डुन्डेस्थितफोर्टहिलमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरू हुनेछ ।

पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले हराएको नेपाल आजपनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । अस्ति सोमबार भएको खेलमा अलराउन्डर करण केसीले अर्धशतकीय इनिंस खेलेपछि नेपालले घरेलु टोलीस्कटल्याण्डलाई हराउन सफल भएको थियो ।

यता नेदरल्यान्ड्स भने सिरिजको पहिलो खेल खेल्न लागेको हो । नेदरल्यान्ड्स पछिल्लो समय उच्च लयमा रहेको छ । नेदरल्यान्ड्सले पछिल्लो ५ खेलमा चार जित र एक हारको नतिजा निकालेको छ । हालनेदरल्यान्ड्स २० खेलबाट १२ जित, ६ हार र दुई खेलमा अंक बाढ्दै २६ अंकको साथ दोस्रो स्थानमा रहेको छ ।

यता नेपालले भने पछिल्लो पाँच खेलमा दुई जित निकाल्दा दुई हार बेहोरेको छ भने एक खेलमा अंक बाढेको छ । हाल नेपाल लिगको १३ खेलबाट ३ जित, ८हार र दुई खेलमा अंक बाढ्दै ८ अंकको साथ तालिकाको सातौँ स्थानमा रहेको ।

नेदरल्यान्ड्स र नेपालबीचको पछिल्लो पाँच भेटमा नेदरल्यान्ड्सले तीन खेल जित्दा नेपालले दुई खेल जितेको छ । गत वर्ष फेब्रुअरीमा कीर्तिपुरमा भएको एक खेलमा नेपाल विजयी हुँदा एक खेल नेदरल्यान्ड्सले आफ्नो पक्षमा पारेको थियो ।