आइसिसी विश्वकप लिग टु नेपालको उत्कृष्ठ प्रर्दशन

आइसिसी विश्वकप लिग टु अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

सातौं ओभरको खेल सकिदा नेपालले २५ रन खर्चेर नेदरल्याण्ड्सको दुवै ओपनरको विकेट लिइसकेको छ।

नेपालले नेदरल्याण्ड्सका दुवै ओपनर माइकल लेभिट र म्याक्स ओ डाउडलाई सस्तैमा आउट गराईसकेको छ ।

पहिलो विकेटका रुपमा दोस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले लेभिटलाई १ रन जोडेको अवस्थामा आउट गराए ।

अर्का ओपनर म्याक्स ओ डाउडलाई ४ रनमा आउट गरायो । म्याक्स करण केसीको बलमा बोल्ड आउट भए ।

कप्तान स्कट एडवार्डस र विक्रमजित सिंह क्रिजमा छन् । नेदरल्याण्ड्स टस जितेर ब्याटिङ गरिरहेको छ ।