चुनावी प्रतिबद्धतालाई विकासमा बदल्दै नेता मोहनबहादुर बस्नेत

नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक जिल्ला बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतले निर्वाचनको बेलामा घोषणा पत्रमा उल्लेख गरे बमोजिम र भाषणमा बोले बमोजिम हरेक कार्यहरू निरन्तर पूरा गर्दै आइरहनुभएको छ ।

त्यसै सन्दर्भलाई मध्यनजर गर्दै चुनाबि सभामा घोषणा गरे अनुसार नेता बस्नेतकै पहलमा इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका का २२ ओटा टार समेट्ने मुल नहर करिब ३० किलोमिटर लामो यो भेगका जनताको सपना बोकेको बागमारा भिमटार महादेवटार तल्लो भिमटार बृहत सिँचाई योजना करिब दुई अर्ब भन्दा माथि लागत आकलन गरिएकोमा सुरुवाती तवरमा तीन करोड रकम विनियोजन गरिएको छ ।

विगत एक महिना अगाढी नेपाल सरकारका उर्जा जलस्रोत तथा सिँचाई मन्त्रि दिपक खड्का लाई सिन्धुपाल्चोकको भिमाटार मेलम्ची लगायतका क्षेत्रको अवलोकन गराई सो क्षेत्रको विकासका लागि प्रयास गरिदिनका निमित्त  नेता बस्नेतले आग्रह समेत गर्नुभएको थियो ।

अवलोकनमा उर्जा जलस्रोत तथा सिँचाई राज्य मन्त्रि खम्ब बहादुर गर्जुबा लागाएत स्थानिय नेताहरुको उपस्थिति रहेको थियो ।
नेता मोहनबहादुर बस्नेत जिल्लाको समग्र विकासका साथै जिल्लामा आउने आपतविपतमा अग्रपङ्क्तिमा रहेर काम गर्ने नेतामा पर्नुहुन्छ ।