स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का अध्यक्ष गणेश कार्कीले हाइड्रो उत्पादकले पनि विद्युत उत्पादन बन्द गर्नुपर्ने दिन आउन सक्ने बताएका छन् ।
सरकारले बजेटमार्फत लिएको हालको ऊर्जा नीतिले निजी क्षेत्रलाई हाइड्रोपावरबाट अलग गर्न खोजेको भन्दै कार्कीले विद्युतको उत्पादन बन्द गर्नु पर्ने बताएका छन् ।
बुधबार एक कार्यक्रममा कार्कीले सरकारले उत्पादन र खपतको सन्तुलनमा मात्र आधारित भएर ‘टेक एन्ड पे’ विधिमार्फत विद्युत् खरिद सम्झौता पिपिए गर्ने नीतिले दीर्घकालीन रुममा ऊर्जामा गम्भीर असर गर्नेछ । यस्तो नीतिले हामी जुन २८५०० मेंघावाट विद्युत निकाल्ने प्रयासमा लागेका छौं यसमा समेत ठूलो समस्या पर्नेछ । सरकारको यो नीति हेर्दा अब विद्युत उत्पादन पुग्यो भन्ने भान पाइएको समेत बताएका छन् ।