आजपनि देशभर वर्षा हुने

देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ।

यसै क्रममा आज जेठ २२, गते बिहीबार पनि सातै प्रदेशमा पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

आज दिउँसो :कोसी प्रदेशका केही स्थान, देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षार हिमपात हुने सम्भावना छ।

आज राति : कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक(दुई स्थानमा हल्का वर्षार हिमपात हुने सम्भावना छ।

हाल देशका पश्चिम र मध्य क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव छ।