नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी कुनै बेला हाल समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अर्थात् सीईओ तथा कम्पनी सचिवको रुपमा कार्यरत रहेको खुलासा भएको छ ।
नेपाल राष्ट्र बैंकले २०८१ पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरी सोही समयदेखि केन्द्रीय आफैंले सञ्चालन गरिरहेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले गत जेठ १८ गते शनिबार कर्णाली डेभलपमेन्ट बैंकका पूर्व अध्यक्ष, तत्कालिक सञ्चालकरप्रमुख कार्यकारी अधिकृत ६४ वर्षीय राजेन्द्रवीर रायलाई पक्राऊ गरी बैंकिङ कसुर सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको विज्ञप्ति प्रकाशित गरेको थियो।
केन्द्रीय बैंकका तर्फबाट उक्त बैंकको अवस्थाबारे अध्ययन गरिरहेको छ भने प्रारम्भिक अनुसन्धानले संस्थाका हालका तथा यसअघिका उच्च पदस्थ व्यक्तिहरुको मिलेमतोमा २०७० साल अर्थात् सन् २०१३ देखि बैंकको रकम अपचलन हुन थालेको देखाएको छ।
यद्यपि गहन अनुसन्धानका क्रममा संलग्न व्यक्तिहरुको दायरा बढ्न सक्ने देखिन्छ।
ब्यूरोको प्रारम्भिक अध्ययनले संलग्न भई फरार रहेका व्यक्ति ४ भने पनि राय एक जनालाई मात्र पक्राऊ गरिएको छ। बाँकीका नाममा पक्राऊ पुर्जी पनि जारी गरिएको छैन।