गभर्नर घुमघाम,डेपुटी जय-जयराम

राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेल कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको भ्रमणमा निस्केका छन् । उनी काठमाडौंबाट पोखरासम्म हवाईमार्ग र त्यहाँबाट बागलुङको बुर्तिबाङ हुँदै मध्यपहाडी राजमार्गको यात्रामा निस्केका हुन् ।

गभर्नरको साथमा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घ रावल पनि रहेको बताइएको छ । गभर्नर टोलीको यात्रा धेरै जना छन् ।

गत चैतदेखि जेठ पहिलो सातासम्म गभर्नरको दौडमा रहँदा कायम मुकायम गभर्नरको हैसियतमा निकै व्यस्त निलम ढुंगाना तिम्सिना यतिखेर आफ्नै कार्यकक्षमा सीमित हुनुहुन्छ । उहाँले जयजय राम भन्नु बाहेक केहि छैन ।

गभर्नर पौडेलले पदीय जिम्मेवारी वहन गरेको दुई सातामा दुई जना कार्यकारीको बढुवा भएको छ । चार जनाको सरुवा गरिएको छ ।

गभर्नर पौडेलको कामकारबाहीबारे पनि कर्मचारीहरुले कुरा काट्न थालेका छन् । विभागीय बिफ्रिङ र बधाई ज्ञापन गर्न आउनेलाई भेट्ने क्रममा गभर्नरले टाइम र आफ्नो ओहोदाको परम्परागत प्रोटोकलको ख्याल नगरेको उनीहरुको आरोप छ । बैंक माछा बजार जस्तो पो देखिन्छ ।

विभागीय प्रमुखहरुसँगको ब्रिफिङमा डेपुटी गभर्नरहरुसमेत नराखेपछि धेरैले अचम्म मानेका छन् ।