३ हाइड्रो र एक केवलकारको लागि १ खर्ब बढी लगानी लगानी बोर्डद्वारा स्वीकृत

लगानी बोर्डले विभिन्न परियोजनाको लागि १ खर्ब बढी लगानी स्वीकृत गरेको छ।

लगानी बोर्डका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज विहिबारको बैठकले लगानी स्वीकृत गरेको हो।

बोर्ड बैठकले बझाङ्ग माथिल्लो सेती जलविद्युत परियोजना (२१६ मेगावाट), बकान खोला जलविद्युत परियोजना (४४ मेगावाट) तथा छिलुङ्ग खोला जलविद्युत परियोजना (४३.२ मेगावाट) को गरी जम्मा ३०३.२ मेगावाट जडित क्षमता भएका

परियोजनाहरुको ५९ अर्ब ७६ करोड रुपैयाँ तथा मुक्तिनाथ केवलकार परियोजना (८१.०४१ कि.मि) को ५७ अर्ब ६४ करोड रुपैयाँ गरी कूल जम्मा १ खर्ब १७ अर्ब ४० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो।