आज हिन्दु धर्मावलम्बीहरुको एकादशी । नेपाल लगायत विभिन्न देशमा एकादशीको वर्त बसी पूजा गर्ने प्रचलन छ ।
यस एकादशी महत्त्वपूर्ण आयामहरू बोकेर आएको छ । यस दिनमा तुलसीका दानाहरूलाई जमिनमा छर्ने चलन हुन्छ ।
कतिले तुलसीको मोठको माटोमा नै तुलसीका दानाहरू अर्थात् मञ्जरीहरू छर्दछन् भनेँ कतिले चाहिँ जमिनमा सफा पारेर माटो फुरुरु बनाएर तुलसी छर्दछन् ।
यस दिन छरिएका तुलसीहरूको अङ्कुरण भएपछि ती बिरुवाहरूलाई पछि ठुली एकादशीमा रोप्ने गरिन्छ । हरिको जयजयकार मनाउँदै आज यस एकादशीको भव्य स्मरण गरिन्छ ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            