आगामी २ र ३ असारमा काँकडभिट्टामा
आयोजना हुने पूर्वी–दक्षिण एसियामा व्यापार तथा
यातायात अन्तरआबद्धता चुनौती र आगामी कार्यदिशा
विषयक उपक्षेत्रीय कार्याशालाका लागि
तयारी बैठक सम्पन्न भएको छ । सो
कार्यशालालगत्तै नेपालको अतिकम
विकसित मुलुकबाट स्तरोन्नति नेपालको
सहज स्तरोन्नति रणनीति चुनौती तथा
आगामी कार्यदिशा विषयक उच्चस्तरीय
राष्ट्रिय कार्यशाला पनि हुने भएको छ ।
राष्ट्रिय योजना आयोग र युएन
इस्क्यापको सहआयोजनामा गर्न
लागिएको उक्त कार्यशालाको तयारी
बैठक भएको हो । आयोगका उपाध्यक्ष
प्रा.डा. शिवराज अधिकारीको
संयोजकत्वमा बसेको तयारी बैठकमा
दुईवटै कार्यशालालाई प्रभावकारी बनाउने र
सम्बन्धित मन्त्रालयबाट आवश्यक सहयोग गर्ने ,
नेपाल सन् २०२६ मा अतिकम विकशित मुलुकबाट
स्तरोन्नति गर्ने विषयमा छलफल भएको थियो ।